काठमाडौंका तीन स्थानमा प्रदर्शन: आवागमन सहज बनाउन सवारी साधन डाइभर्सन
काठमाडाैं | चैत २६, २०८१
आज काठमाडौंका विभिन्न स्थानमा प्रदर्शन हुने भएको छ । मङ्गलबार राष्ट्रिय प्रजातन्त्र पार्टी (राप्रपा), नेपाल शिक्षक महासंघ र सहकारी तथा लघुवित्त पीडितले काठमाडौंका तीन स्थानमा प्रदर्शन गर्ने भएका हुन् ।
राप्रपले बल्खुमा विरोध कार्यक्रम गर्दै छ भने नेपाल शिक्षक महासंघले माइतीघर मण्डलामा र सहकारी तथा लघुवित्तपीडितले शान्तिवाटिकामा प्रदर्शन गर्दैछन् ।
यसैबिच, नेपाल प्रहरीले सूचना जारी गर्दै सवारी आवागमनलाई सहज बनाउन सवारी साधनलाई डाइभर्सनको व्यवस्था मिलाएको जनाएको छ ।
मङ्गलबार बिहान एक सूचना जारी गर्दै नेपाल प्रहरीले सवारी साधन डाइभर्सन गरिने मुख्य स्थानहरुबो जानकारी दिएको छ ।
खसिबजार – मकालु – कलङ्की चोक– बाफल
बल्खु चोक– कुलेश्वर– कालीमाटी चोक– टेकु
कीर्तिपुर– सुन्दरीघाट– सानेपा– एकान्तकुना
आवश्यक परेमा थप गरिने डाइभर्सन प्वाइन्टहरू
त्रिपुरेश्वर, बालाजु, हलचोक, नैकाप, सीतापाइला,
चोभार, फर्पिङ, नख्खु दोबाटो र कोटेश्वर ।
कार्यक्रम हुने स्थान हुँदै चल्ने सवारी साधनका चालकले अन्य वैकल्पिक मार्गको प्रयोग गर्न समेत आग्रह गरिएको छ ।

गण्डकी प्रदेशलाई खेल पर्यटनको विश्वव्यापी ‘हब’ बनाउन सकिने पर्याप्त आधार भए पनि राज्यको स्पष्ट दृष्टिकोण र लगानीको अभावमा यो क्षेत्र अझै बामे सर्न सकेको छैन । नेपाल खेलकुद पत्रकार मञ्च गण्ड...
पोखरामा सम्पन्न दोस्रो संस्करणको स्व. बखतबहादुर मेमोरियल ३५ प्लस भेट्रान्स फुटसल प्रतियोगितामा आयोजक मेजर एफसी च्याम्पियन बनेको छ । पोखरा महानगरपालिका १३ स्थित खेलकुञ्जमा शनिबार भएको फाइनल खेलमा सव...
बन्दीपुर । पहाडी रानीका रूपमा परिचित तनहुँको पर्यटकीय नगरी बन्दीपुरमा शुक्रबारदेखि दुई दिने ‘गाउँ पर्यटन मेला’ सुरु भएको छ । गण्डकी प्रदेशका १० जिल्लाका ३० भन्दा ...

